नेप्सेमा १८.४४ अंकको गिरावट, २६ अर्ब ५७ करोड माथिको कारोबार

  श्रावण १२, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन ११।  साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक १८.४४ अंकले घटेर २९६४.२० को विन्दुमा कायम भएको छ ।

नेप्सेमा यसदिन ३२३ कम्पनीको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा २६ अर्ब ५७ करोड माथिको सेयर कारोबार भएको छ । 

आज समता घरेलु लघुवित्त वित्तीय संस्था र ट्रेड टावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यस्तै सान्भी इनर्जीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । 

नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले आज सर्वाधिक ६ .३४ प्रतिशतका दरले गुमाए ।

यसदिन शिवम् सिमेन्टको सर्वाधिक १ अर्ब २ करोडमाथिको सेयर कारोबार भएको छ । दोस्रोमा ङादी ग्रुप पावरको ८८ करोड ९० लाख रुपैयाँ र तेस्रोमा नेपाल पुनर्बीमा कम्पनीको ८५ करोड २ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर