मिडियाबाजी डटकम काठमाडौँ, साउन ११। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध उजुरी दिइएको छ ।
आफूलाई अभियन्ता बताउने युवराज पौडेल (सफल) ले राईविरुद्ध आइतबार (साउन ११) अख्तियारमै उजुरी दिएका हुन् ।
उजुरीमा पौडेलले वाइडबडी विमान, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थीलगायत प्रकरणमा मुछिएका राईमाथि आवश्यक छानबिन र कारबाही गर्न माग गरेका छन् ।