मिडियाबाजी डटकम काठमाडौँ, साउन ११। एक वर्षमा १३३ वटा निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा परेका छन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ साउनदेखि २०८२ असार मसान्तसम्ममा बोलपत्रदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता तथा निर्माण कम्पनी कालोसूचीमा परेका हुन् ।
कालोसूचीमा परेका कुल कम्पनीमध्ये ५ वटा कम्पनी कालोसूचीबाट हटेका छन् । यस्तै २० वटा कम्पनी निलम्बनमा परेको कार्यालयले जनाएको छ ।
सार्वजनिक खरिद प्रक्रियाका सर्त पूरा नगर्ने कम्पनीलाई सार्वजनिक निकायको सिफारिसमा कालोसूचीमा राख्न सक्ने व्यवस्था सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ तथा सार्वजनिक खरिद नियमावलीको नियम १४१ मा छ ।