निजी विद्यालयलाई कम्पनी वा गुठीमा सञ्चालन गर्न दिने प्रस्ताव पारित

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १३ । शिक्षा समितिले निजी विद्यालयको विषय टुङ्गो लगाएको छ ।

समितिका सभापति अम्मरबहादुर थापाले गरेको प्रस्ताव बैठकले पारित गरेको हो । निजी विद्यालय सेवामुलक, लोक कल्याणकारी र गैरनाफामुलक बनाएर जाने गरी सञ्चालन गर्ने विषय सर्वसम्मतिबाट पारित भएको छ ।

अब विद्यालय शिक्षा विधेयकमा निजी विद्यालय सञ्चालन कम्पनीमार्फत वा गुठीमा जान सकिने व्यवस्था गर्न लागिएको छ। बैठकले गुठीमार्फत सञ्चालन हुने निजी विद्यालयको हकमा विभिन्न सहुलियत दिने प्रस्ताव पारित गरेको छ । शिक्षामन्त्री रघुजी पन्तले राज्यले निजी विद्यालयलाई निषेध गरेर जाने स्थिति नरहेको बताए थिए । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको शुक्रबारको छलफलमा उनले यस्तो बताएका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर