कांग्रेसले सानेपामा किन्यो १३ करोडमा जग्गा, पार्टी कार्यालय विस्तार गरिंदै

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १३ । सत्ता साझेदार नेपाली कांग्रेसले केन्द्रीय कार्यालय विस्तारका लागि सानेपामा १९ आना जग्गा र तीनतले घर किन्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो बनाउन थप जग्गा किन्न लागिएको हो ।

कार्यालयलाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ कार्यालय अगाडिपट्टी रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा ) जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको मुख्य सचिव पौडेलले जानकारी दिएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर