सदन खुलाउन सभामुखको छलफल, विपक्षी दलहरुको अडान कायमै

  जेठ १४, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १३ । सभामुख देवराज घिमिरे र सत्ता तथा प्रतिपक्षी दलका प्रमुख सचेतकहरूबीच छलफल भएको छ।

सभामुखको सचिवालयका अनुसार मंगलबार अपराह्न छलफल भएको हो।

सदनको गतिरोध हटाउने विषयमा छलफल केन्द्रित छ । प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने अडान कायमै राखेका छन् । तर कांग्रेस र एमालेले भने गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने कुरा राखेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर