प्रधानमन्त्रीले जेठ १५ को हाम्रो आन्दोलन भड्काउन खोजे : अध्यक्ष लिङदेन

  जेठ १४, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले १५ जेठको पार्टीको कार्यक्रमलाई प्रधानमन्त्रीले भड्काउन खोजेको आरोप लगाएका छन् ।

राजतन्त्र पुनस्र्थापनाको माग गर्दै जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको तयारीमा रहेका राजावादी समूहका नेताहरुले सरकारले नियोजित तरिकाले दमन गर्न खोजेको भन्दै सुक्ष्म ढंगले निगरानी गरिदिन सम्पादक तथा पत्रकारहरुसँग आग्रह गरेका छन् ।

काठमाडौंमा मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा पत्रकारहरुसँग कुरा गर्दै राजवादी समूहका चार नेताले यस्तो आग्रह गरेका हुन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, आन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले एकै स्वरमा अनुरोध गर्दै सरकार दमनमा उत्रिने तयारीमा रहेको र कार्यकर्ता पनि त्यसैअनुसार उतार्ने तयारी गरेकाले आफूहरुको शान्तिपूर्ण आन्दोलनलाई नजिकबाट नियालिदिन आग्रह गरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर