सेयर बजार सामान्य अंकले बढ्यो, कारोबार रकममा भने लगातार गिरावट

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १० ।   सेयर बजार सामान्य अंकले सुधार भएको छ ।

अघिल्लो दिन दोहोरो अंकले बढेको बजार आज पनि ४.८३ अंकले बढेर २७६६.०९ विन्दुमा पुगेको हो । 

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५१ अंकले बढेर ४७४.८९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य बढेको छ भने ४ वटाको घटेको छ । आज सेयर बजारमा १४९ कम्पनीको सेयर मूल्य घटेको छ भने १०१ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । 

परिसूचक बढे पनि कारोबार रकममा भने निरन्तर रुपमा गिरावट आइरहेको छ । आज सेयर बजारमा ४ अर्ब १८ करोड ५३ लाख १५५ हजार ७३४ रुपैयाँको सेयर खरिद बिक्री भएको छ । अघिल्लो दिन सेयर बजारमा ५ अर्ब ७५ करोड माथिको कारोबार भएको थियो । आज सेयर बजारमा ३२२ कम्पनीका ९२ लाख ४३ हजार २३२ कित्ता सेयर ४५ हजार ११६ पटक किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर