पशुपतिमा पुजाआजा गर्न तीजमा ब्रत बसेकी महिलाहरुको घुइचो

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १० ।  भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज महादेवको पूजाआराधना गरी मनाइँदैछ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।

तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न श्रद्धालु महिलाहरूको भीड लागेको छ । दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि खुला गरिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर