परराष्ट्रमन्त्री डा. राणा इटाली र जर्मनी भ्रमणमा जाँदै

  ५ घण्टा अगाडि

  मिडियाबाजी डटकम काठमाडौँ, असार १२।    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटाली र जर्मनी भ्रमणमा जाने भएकी छन् ।

यही असार ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनको इटाली र जर्मनी भ्रमण स्वीकृत गरेको हो ।परराष्ट्रमन्त्री राणा असार १३ गतेदेखि २९ गतेसम्म रोममा आयोजना हुने ‘एफएओको ४४औं सम्मेलन’ मा सहभागी हुन इटाली जान लागेकी हुन् ।

यस्तै, लगानी बोर्ड नेपालले आयोजना गर्ने लगानी प्रवद्र्धनसम्बन्धी कार्यक्रममा सहभागी हुन उनी जर्मनी जान लागेकी हुन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओली पनि स्पेन भ्रमणमा जाने भएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर