राष्ट्रियसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण, कसले के भने ?

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १२।  राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा सदस्य कृष्णबहादुर रोकायाले आकर्षक रोजगारको लोभमा भारतको उत्तराखण्डमा पुर्‍याइएका केही युवाको उद्धार गरी ल्याइएकाले लैजानेलाई खोजी गरी कारबाही गर्न माग गरे । भारतमा लगी बन्धक बनाइएकाले दोषीलाई खोजी गरी कारबाही गर्न उनले सरकारसँग माग गरे ।

सदस्य घनश्याम रिजालले २०१ स्थानीय तहमा अहिले पनि प्रमुख प्रशासकीय अधिकृत नपठाइएकाले शीघ्र पठाएर सहज कार्यसम्पादन गर्ने वातावरण बनाउन माग गरे । सदस्य रुक्मिणी कोइरालाले महिला स्वास्थ्य स्वयंसेविकाले मातृशिशु स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण योगदान गरेकाले तिनको यथोचित व्यवस्थापन गर्न माग गरिन् । सदस्य रेणु चन्दले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बैतडीको कार्यालयमा आगलागी भई महत्वपूर्ण दस्तावेज नष्ट भएकाले कसले र किन आगलागी गरेको हो ? तिनको खोजी गरी दोषीलाई कारबाही गर्न माग गरिन् । सदस्य विष्णुकुमारी सापकोटाले दैलेखमा भेटिएको ग्यास भण्डारले नेपाली खुसी भएका उल्लेख गर्दै यसलाई रोजगारी प्रवद्र्धनमा उपयोग गर्न माग गरिन् ।

तपाईंको प्रतिक्रिया

थप खबर