रवि लामिछानेमाथि सरकारले नै संगठित अपराध गर्‍यो : रास्वपा

  जेठ १३, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १२ ।  सभापति रवि लामिछानेलाई थुनामै राख्ने सर्वोच्च अदालतको पछिल्लो आदेशलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विवेकका दृष्टिबाट अपूर्ण र अन्यायपूर्ण रहेको निष्कर्ष निकालेको छ ।

पार्टीको पछिल्लो केन्द्रीय समितिको बैठकले यस्तो निष्कर्ष निकालेको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टी सम्मानित सर्वोच्च अदालतले सभापति रवि लामिछाने सम्बन्धी मुद्दामा दिएको पछिल्लो आदेशको कानुनी पालना गर्न बाध्य भए पनि विवेकका दृष्टिले अपूर्ण र अन्यायपूर्ण रहेको मत राख्दछ,’ झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर