मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ १२। हङकङ। हङकङ साझा साहित्यिक श्रृंखलाको १३ औं वार्षिक उत्सवमा राजकुमार राईकृत उपन्यास किवाहाङलाई “स्रष्टा र सृजना पुरस्कार वर्ष २०२३ – २०२५” नगद सहित सम्मान पत्रबाट पुरस्कृत गरिएको छ ।
दोस्रो विश्व युद्धको सेरोफेरोमा लेखिएको किवाहाङ गोर्खा सैनिकहरूको इतिहासमा आधारित उपन्यास हो । नेपालमा युद्ध पीडितहरूको दु:खदायी अवस्थाबाट उठेको उपन्यास तत्कालीन विश्व युद्धबाट मुक्ति पाए पछि गृहयुद्धमा भइ रहेका मलेसिया , बेलायत, सिंगापुर, ब्रुनाई , हङकङमा गोर्खा लाहुरेहरूले गृहयुद्धमा भोगेका अनेक आरोह अवरोह स्थानिय जनता सग घुलमिल रोचक कथाहरू बुनिएको छ । उपन्यासमा आञ्चलिकता , किराँत सांस्कृतिक, गोर्खा लाहुरे इतिहास , विभिन्न देशका युद्धहरूका साथ यौनलाई मनोविज्ञान उठाएको छ । सोही कार्यक्रममा स्वर्गीय लाल बहादुर गुरूङ भाषा तथा साहित्य सेवा पुरस्कार २०२३- २०२५ टोप बहादुर याक्खा किसन राई प्रतिभा स्मृति २०२३-२०२५ पुरस्कार शारदा गुरूङ लाल बहादुर स्मृति पुरस्कार २०२३ – २०२५ नगद र सम्मान प्रदान गरिएको छ ।

२०२३ – २०२५ कृति प्रकाशनको निम्ति चन्द्र मादेन आन्छन , बालिका बान्तावा , जुनु दिव्य राना , दाजु गुरूङ, रमण गुरूङ बिसु समलाई सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रम आयोजनामा आर्थिक सहयोग गर्ने दाताहरूलाई शृंखलाले माया चिनो उपहार प्रदान गरिएको थियो । हङकङ साझा साहित्यिक श्रृंखलाको आगामी २ वर्षको निम्ति संयोजक जुनु दिव्य राना सहसंयोजक रोशन यक्सोलाई सर्बसम्मत निवार्चित यस संस्थामा अन्य पदाधिकारी समिति नरहने व्यवस्था छ । उक्त कार्यक्रममा श्रृंखलाको मुखपत्र समेत विमोचन गरिएको कार्यक्रम निवर्तमान संयोजक रमण गुरूङको सभापतित्वमा प्रमुख अथिति याउ चिम मोङ ड्रिस्ट्रिक काउन्सिलर अरूणा गुरूङ कार्यक्रम टोप बहादुर याक्खाले सञ्चालन गरेका थिए ।
