मिडियाबाजी डटकम काठमाडौँ, जेठ १२ कपिलवस्तुमा ग्यास सिलिण्डर विष्फोट भई आगलागी हुँदा दाजु–बहिनीको मृत्यु भएको छ ।
शुद्धोधन गाउँपालिका ५ जयनगर हतिया दोवानी बस्तीमा आइतबार राति ग्यास चुल्होमा खाना पकाउने क्रममा जलेर दाजु–बहिनीकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
ग्यास विष्फोटपछि आगलागीमा परी २४ वर्षीय शिवकुमार यादव र उनकी १८ वर्षीया बहिनी सोनाम यादवको मृत्यु भएको हो । कपिलवस्तुका एसपी निरन्जन दत्त भट्टका अनुसार खाना पकाउने क्रममा रेगुलेटरबाट एक्कासी ग्यास लिक भइ आगलागी हुँदा घटना भएको हो ।