एमालेको संसदीय दलको बैठक मंगलबार बस्ने

  माघ १३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ १३ ।  सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेका सचेतक सुनिता बरालका अनुसार बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मंगलबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएको हो ।

संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते आह्वान गरिएको छ । आगामी संसद्‍मा अधिवेशनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुने उनले बताइन्। उनका अनुसार संसद्मा पेश हुन लागेका विधेयकहरूमा कसरी सहभागी हुने भन्नेबारे पनि सांसदहरूलाई जानकारी गराइने उनको भनाइ छ ।

गत बुधबार एमाले संसदीय दलले विज्ञहरूसमेत बोलाएर एमाले संसदीय दलले अध्यादेशबारे सांसदहरूलाई प्रशिक्षण दिएको थियो । हिउँदे अधिवेशनमा एमालेका सांसदले खेल्ने भूमिकाको विषयमा पनि छलफल हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर