ताप्लेजुङको फक्ताङलुङमा पिकअप दुर्घटना !

  माघ १३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ १३ ।  सदरमुकाम फुङलिङबाट फक्ताङलुङ गाउँपालिका ४ तापेथोक हेल्लोक जाँदै गरेको पिकअप दुर्घटना भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन् । उनीहरूलाई जिल्ला अस्पताल ताप्लेजुङले थप उपचारका लागि रेफर गरेको छ ।

जिल्ला अस्पतालका सूचना अधिकारी विजया राईका अनुसार प्रारम्भिक उपचार पछि घाइते सबैलाई रेफर गरिएको हो । शनिबार बेलुका ओलाङचुङगोला सडक खण्डमा बा ०३–००१ ज ४१५ नम्वरको पिकअप दुर्घटनामा परी पाँचजना घाइते भएका थिए । उनीहरूलाई शनिबार राति उपचारका लागि अस्पताल ल्याइएको थियो । कतिपयलाई राति नै र कतिपयलाई आइतबार बिहान उपचारका लागि लगिएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर