राष्ट्र बैंकद्वारा लघुवित्तहरूको लाभांश वितरण व्यवस्था संशोधन, निष्क्रिय कर्जाको आधारमा वितरण गर्नुपर्ने

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ९ । लघुवित्त वित्तीय संस्थाहरुको लाभांश वितरण गर्ने व्यवस्था संसोधन भएको छ। 

राष्ट्र बैंकले आइतबार ‘घ’ वर्गका संस्थाहरुको लागि एक सकुलर जारी गर्दै व्यवस्था संसोधन गरेको हो । 

अब लघुवित्त वित्तीय संस्थाहरुले लाभांश घोषणारवितरण गर्दा लाभांश वितरण पछिको पुँजीकोष अनुपात तथा पछिल्लो असार मसान्तको निष्कृय कर्जा अनुपातलाई आधार मानी २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने छन् ।

यसअघिको वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था संसोधन गर्दै राष्ट्र बैंकले लघुवित्तहरुले २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने व्यवस्था गरेको हो । 

अब निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएका लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन सक्ने छन्।

त्यस्तै निष्क्रिय कर्जा ५ देखि १० प्रतिशतसम्म भएका लघुवित्तले २० प्रतिशतसम्म र १० देखि १५ प्रतिशतसम्म निष्क्रिय कर्जा हुनेले १५ प्रतिशतसम्म लाभांश दिन सक्ने व्यवस्था गरिएको छ ।

निष्क्रिय कर्जा १५ प्रतिशतभन्दा बढी भएकाले भने लाभांश वितरण गर्न नपाउने भएका छन् । पूँजीकोष अनुपात न्यूनतम ९ प्रतिशत कायम गरेकाले मात्रै नगद लाभांशको प्रस्ताव गर्न पाउने छन् ।

त्यस्तै तोकिएको चुक्ता पूँजी पुर्‍याउन नसकेका कम्पनीले कर प्रयोजनबाहेक नगद लाभांश दिन पाउने छैनन् तर बोनस सेयर भने दिन पाउने छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर