मिडियाबाजी डटकम काठमाडौँ, साउन ९ । नेपाल राष्ट्र बैंकले २१ अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्नका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।
राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्नका लागि बोलपत्र आह्वान गरेको हो ।
पूर्वयोग्यता सेक्युरिटी प्रिन्टरहरूबाट बोलपत्र मागेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया मार्फत नोटको डिजाइन, छपाइ, आपूर्ति तथा डेलिभरीका लागि यो ठेक्का खुलाइएको हो ।
इच्छुक पूर्वयोग्य सूचीमा रहेका कम्पनीहरूले सन् २०२५ सेप्टेम्बर ८ को दिउँसो १२ बजेभित्र आफ्नो बोलपत्र राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा बुझाइसक्नु पर्नेछ । बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिने सूचनामा उल्लेख छ ।
यसअघि अगस्ट १७, २०२५ मा प्रि–बिड बैठक आयोजना गरिनेछ । बोलपत्रमा सहभागी हुन चाहने कम्पनीले २० हजार नेपाली रुपैयाँ वा ९१४६ अमेरिकी डलर, १२६ युरो, १०९ पाउन्ड स्टर्लिङ तिरेर बोलपत्र फारम खरिद गर्न सक्नेछन् ।
बोलपत्र पेस गर्दा न्यूनतम ४ करोड रुपैयाँ बराबरको बिड सेक्युरिटी पनि पेस गर्नुपर्नेछ ।