नेप्सेमा सामान्य अंकको गिरावट, ५ अर्ब ९४ करोडमा झर्‍यो कारोबार रकम

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ११ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक ०.३३ अंकले घटेर २६००.२ को विन्दुमा कायम भएको छ । 

यसदिन नेप्सेमा ३११ कम्पनीको १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९४ करोड माथिको सेयर कारोबार भएको छ । 

आज मोदी इनर्जीका लगानीकर्ताले कमाएका सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । दोस्रोमा तेह्रथुम पावरका लगानीकर्ताले ९.७७ प्रतिशतका दरले कमाएका छन् ।

आज सर्वाधिक गुमाउनेमा जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ९.५१ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन बुटवल पावर कम्पनीको ५३ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, एनआरएनको ३६ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

तपाईंको प्रतिक्रिया

थप खबर