मिडियाबाजी डटकम काठमाडौँ, असार १० । सत्तारूढ नेकपा (एमाले) ले विधान महाधिवेशनका लागि सचिवालय बैठक बोलाएको छ ।
एमालेको ५३ औं सचिवालय बैठक आज (बुधबार) दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बोलाइएको हो।
बैठकमा विधान महाधिवेशनबारे छलफल हुने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार आज बस्ने बैठकमा विधान संशोधन प्रस्ताव, राजनीतिक, सांगठनिक प्रस्ताव तयार पार्नेबारे विस्तृत छलफल हुनेछ । ‘बैठकमा विधान संशोधन प्रस्ताव, राजनीति र सांगठनिक प्रस्ताव तयार पार्नेबारे छलफल हुनेछ । सचिवालय आफैले प्रस्ताव तयार पार्न सक्नेछ, समिति बनाउन पनि सक्नेछ,’ उनले भने ।