नेप्सेमा ८.९७ अंकको गिरावट, ७ अर्ब ६० करोडको कारोबार

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ ११ ।  साताको पहिलो दिन नेप्से परिसूचक ८.९७ अंकले घटेर २६७९.९८ को विन्दुमा कायम भएको छ । 

नेप्सेमा कारोबार भएका ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन ३१४ कम्पनीको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६० करोड माथिको सेयर कारोबार भएको छ । 

यसदिन सबैभन्दा धेरै राधि विद्युत कम्पनीको ७१ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि युनिभर्सल पावरको ३० करोड ३१ लाख रुपैयाँ र ङादी ग्रुप पावरको २९ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

ओम मेगाश्रीका लगानीकर्ताले आज सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् ।

यस दिन सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले ८.१६ प्रतिशतका दरले गुमाएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर