मिडियाबाजी डटकम काठमाडौँ, जेठ ११ । नेपाल प्रहरीका पूर्व डीएसपी गोविन्द पन्थीले भिजिट भिसा प्रकरणमा अनुसन्धान प्रभावित पारिएको भनी गरेको खुलासाबारे गृह मन्त्रालयले आन्तरिक छानबिन थालेको छ ।
पूर्व डीएसपी गोविन्द पन्थीले उठाएको विषयमा मन्त्रालयले आन्तरिक छानबिन थालेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
सामाजिक सञ्जालमार्फत पन्थीले भिजिट भिसामा हुने भ्रष्टाचारको अनुसन्धान गर्दा आफ्नो सरुवा भएको उल्लेख गरेका थिए । तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीका तत्कालीन प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको जोडबलमा आफ्नो सरुवा हुँदा अनुसन्धान प्रभावित भएको पन्थीको दाबी छ ।