मिडियाबाजी डटकम काठमाडौँ, जेठ ११ । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।
भोलि (सोमबार) बिहान ९ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन् । बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाएका हुन्। महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्थाबारे जानकारी गराउन बैठक डाकिएको पौडेलले जानकारी दिएका छन्। थापा सदस्यता व्यवस्थापन समितिको संयोजक हुन्। पौडेलले भने, ‘महामन्त्री ज्यूले क्रियाशील सदस्यता नवीकरणको अहिलेसम्म भएका कामहरुको व्रिफिङ गर्नु हुनेछ ।’