मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ‘प्याकेज’ मा कार्यक्रम ल्याइने

  माघ १२, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ १२ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि सरकारले ‘प्याकेज’मा कार्यक्रम ल्याउने बताएका छन् । टिकौली मध्यवर्ती सामुदायिक वनको आठौँ साधारणसभालाई आज सम्बोधन गर्दै उनले समस्या समाधान गर्न विशेष प्याकेज र समस्या समाधानका लागि समिति बनाउने तयारी मन्त्रालयले गरेको बताए ।

उनले भने, ‘मध्यवर्ती क्षेत्रको समस्या समाधानका लागि कार्यदल बनाएर काम भइरहेको छ ।’ वन्यजन्तु विभाग तथा वन ऐनको नियमावली संशोधनका लागि सरकारले काम गरिरहेको उनले बताए । नेपालको वन र पर्यटन एकआपसमा जोडिएको बताउँदै उनले यसमा देखिएका समस्या समाधानका लागि सरकार लागिपरेको बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर