नेपाल र भियतनामकी उपराष्ट्रपतिबीच द्विपक्षीय बैठक

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ८ ।  नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन र नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग द्विपक्षीय बैठक सुरु भएको छ ।

आइतबार काठमाडौँको याक एन्ड यति होटेलमा दुवै उपराष्ट्रपतिहरूको नेतृत्वमा प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय वार्ता सुरु भएको हो ।

वार्तामा व्यापार, लगानी, जलविद्युत, र सांस्कृतिक सहकार्यका विषयमा छलफल हुने छ । वार्तापछि संयुक्त पत्रकार सम्मेलन समेत हुनेछ । नेपालका उपराष्ट्रपतिको को निमन्त्रणामा नेपाल–भियतनाम कूटनीतिक सम्बन्धको ५० औं वार्षिकोत्सवको अवसरमा सुआनको भ्रमण भएको हो ।

सुआनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । नेपाल र भियतनामबीच १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । हाल दुई देशबीचको वार्षिक व्यापार १०० मिलियन डलरभन्दा कम छ । भोलि सोमबार सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने छिन र काठमाडौँ तथा ललितपुरका ऐतिहासिक स्थलहरूको भ्रमण गर्ने कार्यतालिका छ ।

तपाईंको प्रतिक्रिया

थप खबर