नेपाल आज बंगलादेशसँग भिड्दै

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ८ ।   दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ च्याम्पियनसिपमा आज (आइतबार) नेपाल बंगलादेशसँग भिड्दै छ ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने खेल नेपाली समयअनुसार अपरान्ह ५ः४५ मा सुरु हुनेछ ।

यसअघि नेपालले पहिलो खेल भारतसँग खेलेको थियो । जहाँ नेपालले भारतसँग ७–० को फराकिलो हार बेहोरेको थियो । आफ्नो दोस्रो खेलमा भने नेपालले आयोजक राष्ट्र भुटानलाई २–१ ले पराजित गरेको थियो । आज नेपाल बंगलादेशलाई हराउने दाउमा छ ।

तपाईंको प्रतिक्रिया

थप खबर