रौतहटमा सुटकेशभित्र महिलाको शव

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ८ । रौतहटको गौर–सिरसिया सडक खण्डअन्तर्गत मुडवालाबा मोड नजिक सुटकेशभित्र महिलाको शव फेला परेको छ ।

प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सुटकेश खोलेपछि भित्र महिलाको शव रहेको देखिएको हो ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । महिलाको हत्या गरी सुटकेशमा राखेर फालिएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।

शनिबार राति करिब ८ बजे सडक किनारमा फालिएको सुटकेशमा शव फेला परेको हो । डोरीले बेरिएको सुटकेश बेवारिस देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सुटकेशभित्र शव रहेको थाहा पाएपछि घटनास्थलमा रातभर सुरक्षा दिएका थिए ।

गुलाबी रंगको कुर्ता–सुरुवाल लगाएकी महिलाको उमेर करिब ३५ वर्षको रहेको अनुमान गरिएको छ । टाउकोमा गहिरो चोट देखिएको छ । सुटकेशमा केही कागजात र महिलाको सुरुवालको खल्तीमा केही नगद रुपैयाँ पनि भेटिएको छ । शव पोस्टमार्टमक लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर