‘जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ’-कुलपति राई

  श्रावण ०९, २०८२

  • चेतनाथ धमला प्राज्ञ

मिडियाबाजी डटकम काठमाडौँ, श्रावण ८।नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा “हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र कल्याणतर्फको यात्रा” विषयक विचार गोष्ठीको आयोजना भएको थियोे ।

प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले स्वास्थ्य भनेको मानव विकास सूचाङ्कको महत्त्वपूर्ण कुरा हो ।स्वास्थ्यलाई हेर्ने मानव दृष्टिकोण र मानिसको स्वास्थ्यमा खेलवाड धेरै भएको छ ।यसबारे नियमनकारी निकायले सचेतना फैल्याउँदै नियन्त्रण गर्नु जरुरी छ।अहिले अनियन्त्रित सामाजिक सञ्जाल र प्रविधिको प्रयोगले ‘जेन-जी’ पुस्ता मानसिक रूपले अस्वस्थ हुँदै गयो भन्ने चिन्ता र चासो बढिरहेको छ ।

यस्तो अस्वस्थ जीवनशैलीलाई स्वस्थ राख्न सचेतना अभियान जरुरी रहेको बताउनुभएको थियोे। कार्यक्रममा डा.चिन्तामणि गौतमले ”Empower Your Health: Through Yoga and Mindful Living”, डा.कल्पना तिवारीले ” Healthy food for healthy life”र इन्जिनियर करुणा अमात्यले “Stress Management for Transforming Our Lifestyle”का बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।कार्यक्रमका सहभागीहरूबिच उक्त विषयमा विमर्श समेत भएको थियोे नेपाल विद्यावारिधि सङ्घका अध्यक्ष डा. सुनिलबाबु श्रेष्ठले कार्यक्रमको ओैचित्यसहित स्वागत मनतव्य राख्नुभएको थियोे ।कार्यक्रममा डा.माला कुँवर खरेलले धन्यवाद ज्ञापन र उद्घोषण सङ्घका महासचिव डा.सुन्दरी पोखरेलले गर्नुभएको थियोे।

तपाईंको प्रतिक्रिया

थप खबर