नेप्सेमा ३.७६ अंकको वृद्धि, साढे १८ अर्बको कारोबार

  श्रावण ०९, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन ८ ।   साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३.७६ अंकले बढेर २९८२.६४ को विन्दुमा कायम भएको छ । 

नेप्सेमा यसदिन ३२८ कम्पनीको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ४९ करोड माथिको सेयर कारोबार भएको छ । 

आज ग्रिन भेञ्चरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तैट्रेड टावर कम्पनी, सान्भी इनर्जी र श्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । 

मञ्जुश्री फाइनान्स डिबेञ्चरका इकाईधनीले आज सर्वाधिक ४.२२ प्रतिशतका दरले गुमाए ।

यसदिन राधि विद्युत कम्पनीको ७७ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको ७१ करोड ९१ लाख रुपैयाँ र ग्रिन भेञ्चरको ६६ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर