मिडियाबाजी डटकम काठमाडौँ, साउन ८ । नेपालमा गत आर्थिक वर्ष २०८१/८२ मा करिब १४ सय किलो सुन आयात भएको छ ।
नेपालले वैधानिक माध्यमबाट १३८९ किलो अर्थात् १३ लाख ८९ हजार ५१६ ग्राम सुन आयात गरेको हो ।
भन्सार विभागको गत आर्थिक वर्ष २०८१/८२ को तथ्यांक अनुसार सुन आयतबाट राज्यले १ अर्ब ८५ करोड ६८ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
विभागका अनुसार आयात भएको उक्त सुनको लागत १७ अर्ब १२ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबर रहेको छ ।