एक वर्षमा भारतबाट आयो २० अर्ब ३५ करोडको धान, चीनबाट भने १० किलो मात्र आयात

  श्रावण ०९, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन ८ । नेपालले गत आर्थिक वर्ष २०८१र८२ मा २० अर्ब ३५ करोड ७० लाख रुपैयाँको धान भारतबाट आयात गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ५ लाख ३१ हजार १४४ टन भारतबाट धान आयात भएको हो ।  

उक्त धान भारतबाट आयात गर्दा सरकारले १ अर्ब ५२ करोड ७३ लाख ३८ हजार रुपैयाँ भन्सार महसुल संकलन गरेको छ । 

यस अवधिमा चीनबाट भने २ हजार रुपैयाँ बराबरको १० केजी मात्रै धान आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । 

तपाईंको प्रतिक्रिया

थप खबर