टिकटकर रमा बस्नेत पक्राउ प्रकरण : सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १० ।   सत्तारूढ दल र नेताहरूलाई गाली गर्दै भिडिओ बनाएको आरोपमा पक्राउ परेकी टिकटकर रमा बस्नेतले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

रमाका बाबु बलदेव बस्नेतले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाउ आदेश जारी गरेको हो । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, साईबर व्यूरो लगायतलाई प्रतिवादी बनाइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर