मिडियाबाजी डटकम काठमाडौँ, असार १० । नेपाली कांग्रेसका नेता तथा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले गणेशमान सिंह व्यक्ति नभएर राज्यका प्रतिकका रूपमा रहेको बताएका छन् ।
आफ्नो बाबुको नाममा रहेका आयोजनाहरूमा बजेट केन्द्रित गरेको आरोपबारे स्पष्ट पार्दै उनले सिंहसहित बिपी कोइराला, पुष्पलाल श्रेष्,ठ मनमोहन अधिकारी, मदन भण्डारीकोहरुको योगदान सम्मान गर्नु राज्यको दायित्व भएको बताए ।
उनले भने, ‘गणेशमान सिंहको नाममा धेरै रकम विनियोजन भएको भन्ने कुरा उठाउनु भएको छ । राणहरुको जहानियाँ शासनको बेलामा नेपाली जनतालाई स्वतन्त्र, सार्वभौम बनाउन लामो संघर्ष गरेका सपुतहरू बिपी कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ मनमोहन अधिकारी मदन भण्डारीकोहरुको योगदान मैले यहाँ बताइराख्न पर्दैन ।’ देश र जनताको लागि जीवन अर्पेका कृतज्ञता व्यक्तिहरूको नाममा राज्यले विगतदेखि नै केही विकास योजनाका कार्यक्रम गर्दै आइरहेको उनले बताएका छन् ।