यूएईमा कार्यरत नेपाली कामदारको न्यूनतम पारिश्रमिक १ हजार दिराम तोकियो

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १० ।  सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत नेपाली कामदारहरूका लागि नयाँ न्यूनतम पारिश्रमिक व्यवस्था लागू गरेको छ ।

सोमबारको राजपत्रमा प्रकाशित सूचनाअनुसार अब कुनै पनि म्यानपावर कम्पनीले यूएईमा कामदार पठाउँदा तोकिएको न्यूनतम पारिश्रमिकभन्दा कममा पठाउन पाउने छैनन् । यसअघि अदक्ष कामदारको न्यूनतम पारिश्रमिक ८ सय दिराम तोकिएकोमा अबबाट १ हजार दिराम, साथै ४ सय दिराम खानाको खर्च अनिवार्य गरिएको छ ।

यसअनुसार अदक्ष कामदारका लागि कुल न्यूनतम पारिश्रमिक १ हजार ४ सय दिराम हुनुपर्नेछ । सरकारले गत जेठ महिनामा पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको थियो, जुन अब राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो । सरकारको यो निर्णयले नेपाली कामदारको आर्थिक सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ ।

साथै, कामदारलाई न्यूनतम सुविधा सुनिश्चित गर्न म्यानपावर कम्पनीहरूलाई कडाइका साथ निगरानी गरिने जनाइएको छ । 

तपाईंको प्रतिक्रिया

थप खबर