इजरायली रक्षामन्त्रीले दिए तेहरानमै शक्तिशाली आक्रमणको आदेश

  असार १०, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार १० ।   इजरायलले इरानले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।

इजरायली रक्षामन्त्री इस्राएल काट्जले एक वक्तव्य जारी गर्दै इरानले युद्धविराम उल्लंघन गरेको आरोप लगाएका हुन् । उनले इजरायली सेनालाई तेहरानको मुख्य क्षेत्रमा ठूलो आक्रमण गर्न निर्देशन दिएका छन् ।

‘मैले इजरायली रक्षा बललाई इरानको युद्धविराम उल्लंघनको जवाफमा कडा कारबाही गर्न आदेश दिएको छु,’ मन्त्री काट्जको वक्तव्यमा उल्लेख छ । उनले इरानको आक्रामणलाई सहेर नबस्ने बताउँदै राज्यका महत्वपूर्ण केन्द्रहरूमा प्रतिआक्रमण हुने चेतावनी दिए । टाइम्स अफ इजरायलका अनुसार, इरानले प्रहार गरेको दुई वटा ब्यालिस्टिक मिसाइललाई इजरायलले रोकेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर