राप्रपाले संसद बहिष्कारलाई निरन्तरता दिने

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद बहिष्कारलाई आज (मंगलबार) पनि निरन्तरता दिने निर्णय गरेको छ ।

आन्तरिक छलफलपछि यस्तो निर्णय लिएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् । ‘विरोध नियमित राख्ने निर्णय भयो ।

सुरुमा कुरा राख्छौं र संसद्को काम कारबाही बहिष्कार गर्छौं’ शाहीले सुनाए । उनका अनुसार सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले भिजिट भिसा प्रकरणमा प्रभावकारी काम गर्न नसक्ने निष्कर्षमा राप्रपा छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहने छन् । भिजिट भिसा प्रकरणलाई लिएर राप्रपाले संसद्को काम कारबाही बहिष्कार गर्दै आएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर