नागरिकमाथि गोली प्रहार गर्नु माओवादी हिंसाको चरम कायरता

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १० ।  सत्ता साझेदार नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारका लागि भन्दै आम नागरिकमाथि गोली प्रहार गर्नु माओवादी हिंसाको चरम कायरता भएको बताएका छन् ।

आज (शनिबार) नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताको अधिकारका नाममा समाज विकासका लागि महत्वपूर्ण प्रभाव खेल्न सक्ने व्यक्तिमाथि गोली प्रहार गर्नु तत्कालीन समयमा माओवादी हिंसाको चरम कायरताको चिह्न भएको बताए।त्यस प्रकारका घटनाबारे चर्चा गर्दा माओवादीका नेताहरूले गल्ती गरेको महसुस गर्ने गरेको उल्लेख गरे ।

तपाईंको प्रतिक्रिया

थप खबर