प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जँचाउन प्रचण्डको सल्लाह

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १० ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक अस्पतालमा जँचाउन सल्लाह दिएका छन्।

शुक्रबार जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत कास्की पुगेका प्रचण्डले आफू राजावादीसँग मिल्ने योजनामा भएको भन्ने गलत अव्यिक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन सल्लाह दिएका हुन्।

प्रेस सेन्टर गण्डकी प्रदेशद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘तपाईहरूले सुन्नुभयो प्रधानमन्त्री पोखरा नै आएका थिए कि ने थिए, तीनैले प्रतिनिधि सभामा भनेका थिए, प्रतिगामीका विरुद्ध भव्य र सभ्य आयोजना गरेका भनेर बोल्दै थिए। म सुन्दै छु, राजावादीहरुसँग मिल्ने योजना हो प्रचण्ड जी को भनेर कही न कही बोले रे भन्ने सुन्छु। अहिले त धेरै भन्नु छैन, यदी त्यसो भनेको हो भने म प्रधानमन्त्रीज्यूलाई मानसिक अस्पतालमा जँचाउन म सल्लाह दिन चाहान्छु।’

उनले माओवादीले प्रतिगामीहरुको विरुद्ध गरेको प्रतिवादले अहिलेको सरकारलाई राहत पुगेको बताए।

‘हामीले राजावादीहरुका विरुद्ध, प्रतिगामीहरुको विरुद्ध गरेको प्रतिवाद सायद अहिलेको भष्ट्रचारीहरुको सरकारलाई केही न केही राहत पुगेको हामीले महसुस गरेका छौ। उनीहरुप्रति बढ्दै गरेको आक्रोशलाई हामीले प्रतिगामीहरुको राजावादीहरुको, निरङकुसतावादीहरुको भण्डाफोर गरिदिँदा सरकारले थोरै भएपनि राहत महसुस गर्यो,’ उनले भने।

उनले माओवादीको जनजागरण अभियानहरु राष्ट्रिय एकतालाई सुदृढ गर्ने अभियान बन्न पुगेको बताए।

तपाईंको प्रतिक्रिया

थप खबर