पूर्व राष्ट्रपति भण्डारी आज चीन भ्रमणमा जाँदै

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १० । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि आज (शनिबार) चीन जाँदैछिन् । मन्त्री र नेकपा एमालेका नेता सम्मिलित टोलीको नेतृत्व गर्दै पूर्व राष्ट्रपति भण्डारी बेइजिङ जान लागेकी हुन् ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग समेत भेटघाट हुने सम्भावना रहेको एमालेले जनाएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पूर्व राष्ट्रपति भण्डारी नेतृत्वको नेपाली टोली आज साँझ बेइजिङ जान लागेको हो।

तपाईंको प्रतिक्रिया

थप खबर