रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको आकस्मिक बैठक

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय र केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेको विषयमा सर्वोच्चको आदेशपछि रास्वपाले आज (शनिबार) बस्ने गरी सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएको हो।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार शनिबार दिउँसो ३ बजे सचिवालय र अपराह्न ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बोलाइएको छ। उनका अनुसार केन्द्रीय समितिको बैठक आइतबार पनि बस्नेछ । बैठक दिउँसो आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर