प्रसाई र मिश्रबारे अदालतले भन्यो–थप प्रमाण संकलन बाँकी नरहे तारेखमा छाड्नू

  बैशाख ११, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ११।  काठमाडौंको तीनकुनेमा चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई स्वास्थ्य उपचार गर्ने प्रबन्ध गर्न अदालतले आदेश दिएको छ। उनीहरूलाई थप २० दिन हिरासतमा राख्न म्याद थप गरिदिन भन्दै जिल्ला अदालत, काठमाडौं पुगेको प्रहरीलाई अदालतले मिश्र र प्रसाईंको स्वास्थ्यको विषयमा संवेदनशील हुन आदेश दिएको हो ।

उनीहरुको हाजिरी जमानीमा छाडी पाउँ भन्दै निवेदनलाई समेत आधार बनाउँदै अदालतले थप तीन दिन मात्र हिरासतमा राख्न अनुमति दिएको छ । म्याद थपको माग गर्दा प्रहरीले जाहेरी लिने र क्षतिको विवरण संकलन गर्ने काम बाँकी रहेको भनेको छ । जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले प्रहरीलाई अर्को पटक म्याद थपका लागि आउँदा कुन–कुन प्रमाण संकलन गर्न बाँकी छ भन्ने विवरण समेत दिन आदेश गरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर