कश्मीरमा मारिएका सुदिपको शव रुपन्देही ल्याइयो, आजै अन्त्येष्टि गरिने

  बैशाख ११, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ११।  भारतको जम्मु कश्मीरमा आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपाको शव नेपाल ल्याइएको छ। मंगलबार दिउँसो बन्दुकधारी आतंकवादीले गोली हानेर हत्या गरेका सुदिपको शव भारतको नयाँ दिल्लीबाट लखनउसम्म हवाई मार्गबाट र त्यहाँबाट बेलहिया नाका हुँदै सडक मार्गबाट ल्याइएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले जानकारी दिए ।

‘आज (बिहीबार) बिहान सुदिपको डेथ बडी बेलहिया नाका आइपुग्यो । अब यहाँबाट हामीले बुटवल घरसम्म पुर्‍याइदिन्छौं’, प्रहरी उपरीक्षक राठौरले भने । २७ वर्षीय सुदिप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरको वैसरण उपत्यकामा हिउ खेल्न र घुम्न भन्दै त्यसतर्फ प्रस्थान गरेका थिए।त्यहाँ पुगेर घुमफिरमा रमाइरहेका बेला मंगलबार दिउँसो एक्कासी बन्दुकधारी आतंकवादीले गोली हानेर सुदिपको हत्या गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर