मिडियाबाजी डटकम काठमाडौँ, साउन ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले टेण्डर परे जसरी मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजनीतिक नेतृत्वलाई छानबीनको दायरामा नल्याएसम्म कर्मचारीलाई मात्र कारवाही गरेर भ्रष्टाचार नरोकिने बताएका हुन्।
उनले भ्रष्टाचारको जरो र छाता भनेको नै राजनिति रहेको बताए। उनले दुई ठुला दलहरुको सरकारले वैकल्पिक शक्तिको अवाज बोकेका दलहरुले उठाएको कुरा नसुनेको बताए।
उनले आफुहरु भिजिट भिसाको मात्र विरोध नगरेर भन्दै समग्र भ्रष्टाचारको छानबीन गर्न उच्चस्तरीय आयोग बनाउन माग गरेका छन्।
उनले आफ्ना मागहरु सरकारले सम्बोधन नगरेसम्म विरोध जारी रहेको बताउँदै सम्बोधन सकेर बैठक बहिस्कार गरे।
‘हामीले दुई महिनादेखि भिजिटभिसा प्रकरणबारे छानबीनको माग गरेका थियौँ। यसको बाबजुद पनि कांग्रेस र एमाले मिलेर देशलाई सिध्याउने टेन्डर पारेको जस्तो गरिरहेको छ। कांग्रेस र एमालेबिच कुन मन्त्रीले कसरी छिटो पैसा कमाउने भन्ने बारे प्रतिस्पर्धा भै रहेको छ। विवादमा आएका मन्त्रीहरुको छानबीन गर्न पनि देखिएको छ। भ्रष्टाचार कहाँ–कहाँ छ भनेर भन्न पर्दैन, भ्रष्टाचार कहाँचाँहि छैन भनेर बुझन् आवश्यक छ। भ्रष्टाचार को जरो र छाता भनेको नै राजनिति हो । जबसम्म राजनितिको क्षेत्रलाई कारवाहीको दायरमा ल्याइँदैन, तबसम्म भ्रष्टाचार नियन्त्रणको कल्पना पनि गर्न पनि सकिँदैन। संरक्षकको दायरमा रहेको राजनिति नेतृत्वलार्ई छानवीनको दायरामा ल्याउन आवश्यक छ। सार्वजानिक रुपमा जो दोषि छ त्यस्लाई संरक्षण गर्न हुँदैन। हामीले निरन्तर आवाज उठाउँदै गएका छौँ। देशका ठुला दलहरुको सरकारले वैकल्पिक शक्तिको अवाज बोकेका दलहरुले उठाएको कुरा नसुनेको भिजिट भिसावाला जुन कुरा आएको छ, कमिसन खाएको कुरा आएको छ। यी सबैको छानवीनको लागि उच्च स्तरको छानवीन समिति बनाउन आवश्यक छ। नबनाँउदा सम्म हामी संसदमा विरोध गरिरहने छौँ’ ।