भिजिट भीषा अनुसन्धान गर्दा धम्की र सरुवा सम्म

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ ९ ।  अहिले भिजिट भिषाको प्रकरणले देश तातिरहेको छ ।
भिजिट भिषाकै बारेमा अनुसन्धान गर्दा पनि धम्की र सरुवासम्मको अबस्था आएको छ । गोबिन्द पन्थी सामाजिक सन्जालमा लेख्छन् जब मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीे एयरपोर्टबाट हट्यो, त्यहाँ त्रिभुवन बिमानस्थल सुरक्षा कार्यालयले आफ्ना गतिबिधी अगाडि बढायो र शंकास्पद कागजात मिति २०८० आश्विन १९ गते १६४१ राहदानी सहित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइयो । त्यस बखत म ८ न पिलरमा एसएसपीको रुपमा नेतृत्व गर्दै थिएँ । उक्त पिलरले वैदेशिक रोजगार ठगी मुद्दाको अनुसन्धान तथा कारबाही गर्दथ्यो । तसर्थ एयरपोर्टबाट आएका कागजात ३ नम्बर पिलरमा आए । उक्त पिलरले ठगी हेर्ने हुदा स्वभाबिक भयो । एक महिनाको अनुसन्धानमा राहदानी आउने अनि जस्को हो उसैलाई फिर्ता दिने कार्य भयो । त्यसबाट अपेक्षित परिणाम नआए पछि तत्कालिन एसएसपि रबिन्द्र रेग्मीले एसएसपि सोमेन्द्र सिंह राठौर सङ्ग सल्लाह गरेर उक्त भिजिट भिषा प्रकरण ८ नम्बर पिलरबाट मलाई हेर्न निर्देशन भए पश्चात् मेरो जिम्मेवारी तोकियो । तत्पश्चात मेरो नेतृत्वको टोलीले गहिरिएर अनुसन्धान गर्दा सबै नक्कली कागजात तयार गर्ने , काम ल्याउने दलाल, कन्सल्टेन्सी , ट्राभल ब्याबसायी , म्यानपावर ,होटल र एयरलाइन्स , अध्यागम , श्रम बिभाग र प्रहरिका केही अधिकारीको मिलोमतो मा ठूलो तस्करी संचालित भएको देखिए पछि मैले अनुसंधान प्रतिवेदन पेश गरेको मा तत्कालिन कार्यालय प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले कसैलाई नछाडी जरैमा पुग्न जुन साहसिक निर्देशन दिनु भएको थियो तत्पश्चात २० जना दलाल,२० वटा ट्राभल ,८ क्स्न्सल्टेन्सी , नेता र कर्मचारी गरि ३७ जना नियन्त्रणमा लिएर मानव तस्करी , किर्ते र सङठित अपराध मुद्दा चलाइएको थियो । उक्त मुद्दालाई सङठितमा लैजान हामिले सरकारी वकिल सङ्ग नोक झोक नै गर्नु परेको थियो र मैले अनुसंधान गर्दा मलाई अख्तियारमा १६ पाने भोर्याउने धम्की पनि नदिइएको हैन । कुनै कुरालाई प्रभाह नगरी पत्रकार सम्मेलनबाट आफ्नो तालुक कार्यालय गृह मन्त्रालयका अधिकारिको सङ्लग्नता मानव तस्करी भएको र दैनिक डेढ करोड देखि २ करोड कर्मचारीले लिने गरेको निर्भीकताका साथ तथ्यमा आधारित भएर बोलेको थिए । जुन कुरा ब्याबसायिक र निडर हिम्मतिलो कार्यालय प्रमुख सोमेन्द्र सर को कारण बाट सम्भब भएको थियो । पछि अनुसंधान भएर कतिपय पुर्पक्षका लागि थुनामा समेत गए र कतिपय धरौटीमा छुटे । उक्त अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसंधान आयोगमा समेत पठाइएको थियो । दुई बर्ष न भयो बल्ल । आशा गरौ अनुसंधान हुँदै होला । धेरै दलाल र ठुला तस्करीमा सङ्लग्न दुबइ र भारत गएर बस्नु पर्यो । त्यस्तो स्थिती सिर्जना गरिदिए पछि मेरो सरुवा गराउन ठूलो थैली को जोहो गरेर बुझाएको हल्ला चल्यो । नभन्दै मेरो सरुवा भयो । सरुवा कसरी भयो र किन कार्यालय प्रमुखले भन्दा पनि रोकिएन भनी गोप्य तरिकाले बुझ्दा २,३ दिन अगाडि हटेका गृहमन्त्री नारायण काजी श्रेष्ठले टिपाएको र वसन्त कुवरको जोडबल मै भएको बुझिएपछि सोमेन्द्रसरले रोक्न हालका तत्कालीन मेट्रो प्रमुख दिपक थापा सरलाई भन्दा समेत माथिको आदेश भनियो जस्का कारण सरुवा रोकिएन । पछि तत्काल गृहमन्त्री फेर बदल पश्चात् मैले गृहमन्त्री रबि लामेछाने लाई एउटा पत्र लेखे जस्को कारण मेरो सरुवा कानुन त रोकिएन किनकी बदर गर्दा रकम फिर्ता गर्नु पर्थ्यो । तसर्थ मौखिक रुपमा रवाना नगरी त्यही काम गर्न भनियो।मैले लेखेकोनपत्र पछि सार्बजनिक गर्नेछु ।

      तसर्थ साच्चिकै अनुसन्धान गरेर तस्करी नियन्त्रण गर्ने र शुशाशन ल्याउने हो भने यो विषयमा अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नु पर्दछ । त्यसो गरियो भने एकाद बाहेक कुनै गृहमन्त्री , श्रममन्त्री र प्रधानमन्त्रीको सचिवालय टिम समेत कानुनी कठघरामा उभिने छ।अहिले सहसचिब तिर्थ भट्रराइ लगायत अख्तियारको अनुसंधान को दायरामा रहेकोले हिम्मत गर्नु पर्दछ । अख्तियार प्रमुख ज्यु ले इतिहासमा नाम लेखाएर जनताको मनमा बस्ने अबसर आएको छ । यो विषय सुक्ष्म र निस्पक्ष अनुसंधान हुने हो भने ठूलो उथल पुथल हुने निश्चित छ ।

तपाईंको प्रतिक्रिया

थप खबर