रवि र छविको रिटमा सुनुवाइ सकियो, आदेश आजै आउने

  जेठ १०, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेठ ९ ।  सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको रिटमा सुनुवाइ सकिएको छ।

गत मंगलबारदेखि न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा शुक्रबार सुनुवाइ सकिएको हो। सुनुवाइ सकिएसँगै न्यायाधिशहरूले रिटमा आदेश तयार गरिरहेको अदालत स्रोतले जनाएको छ।

आज रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध जाहेरी दिएका कानुन व्यवसायीले बहस गरेका थिए। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले शुक्रबार बहस गरे थिए।

लगत्तै रवि र छविका कानुन व्यवसायी अधिवक्ता सुशीलकुमार पन्त, रमनकुमार श्रेष्ठ र सतिषकृष्ण खरेलले जवाफी बहस गरेका थिए।

तपाईंको प्रतिक्रिया

थप खबर