बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ ९ ।   दूग्धजन्य बस्तुको उत्पादन र बजारीकरणमा निजी क्षेत्रको आक्रमक प्रवेशले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान(डीडीसी)लाई आफ्नो अस्तित्व जोगाउन हम्मे परेको छ।

निजी क्षेत्रको प्रवेशले डीडीडी अस्तव्यस्त भएपनि देशलाई दुधमा आत्मनिर्भर बनाउन र आफ्नो अस्तित्व जोगाउन प्रयासरत रहेको सम्बन्धित निकायका अधिकारीहरुको भनाइ छ।

किसानका उत्पादन सङकलन गरी बजारीकरण गर्न व्यापक प्रतिस्पर्धा भइरहेको र सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्ने नीतिले डीडीसी खुम्चिने हो कि भन्ने चिन्ता थपिएको दुग्ध विकास संस्था लैनचौरका प्रवक्ता निलकण्ठ गौतको भनाइ छ। उनले बजार एउटै भएकाले आफ्ना उत्पादन बजारमा खपत गराउन नसकेको स्वीकारे।

उनले भने,  ‘प्लेटफर्म एउटै भयो। विगतमा डीडीसी मात्र थियो। हामी अभिभावकको भूमिका थियौं। अहिले निजी क्षेत्रको उपस्थिति वाक्लिएको छ। सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्नुपर्छ भनेर खुल्ला अर्थ नीतिको अभ्यास गरिरहेकाले त्यसको असर देखिएको छ। विगतको तुलनामा हाल धेरै संख्यामा डेरीहरु खुलेका छन्। निजी क्षेत्र र डिडिसीका उत्पादन जाने क्षेत्र एउटै भएकाले प्रतिस्पर्धा व्यापक छ। हिजोको अवस्थामा डिडिसीले डेढ लाख लिटरसम्म बजारमा दुध पठाएको थियो। त्यही सिलसिलामा अहिले उत्पादन बढ्दै गएको छ। बजारीकरण बढ्न नसकेपनि जनघनत्व बढेको छ। तर जनघनत्व बढेपनि निजी डेरी धेरै भएकाले हाम्रा उत्पादन बजारमा खपत गराउन सकेका छैनौं।’

तपाईंको प्रतिक्रिया

थप खबर