आज (बुधबार) कृष्ण भगवानको पूजा, यसो गर्नुहोस् जिन्दगी समृद्ध हुन्छ

  बैशाख १०, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १०।  हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ । विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन् ।

बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार  हो । यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार) को पूजा गरिन्छ । पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ । यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ ।

तपाईंको प्रतिक्रिया

थप खबर