प्राविधिक सीपसहितको शिक्षाले मात्रै देशलाई समृद्ध बनाउँछः ऊर्जामन्त्री खड्का

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ६ ।   ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले नेपाललाई दिगो समृद्धिको मार्गमा अघि बढाउन प्राविधिक शिक्षा र सीपमूलक तालिम अपरिहार्य रहेको बताएका छन् ।

उनले भने,‘दक्ष जनशक्ति बिना कुनै पनि मुलुकको समृद्धि सम्भव छैन।’

प्राविधिक शिक्षा र सीपमूलक तालिमको महत्त्वलाई देखाउँदै मन्त्री खड्काले दिगो तथा सम्मानित रोजगारीका लागि शीप परियोजना को आर्थिक सहयोगमा बालाजु स्कूल अफ इंजिनियरिङ्ग एण्ड टेक्नोलॉजीद्वारा संचालित २० दिने पावर हाउस अपरेसन एण्ड मेन्टेनेन्स तालिमको समापन समारोहमा प्रमुख अतिथिको आसनबाट आफ्नो धारणा व्यक्त गर्दै सो कुरा बताएका हुन्।

तपाईंको प्रतिक्रिया

थप खबर