शिक्षा विधेयकमा महासंघ असन्तुष्ट : आन्दोलनका कार्यक्रम घोषणा

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ६ ।  नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा आफूूहरुका माग सम्बोधन नभएको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आज (शुक्रबार) काठमाडौमा पत्रकार सम्मेलन गर्दै महासंघले अबको आन्दोलन विगतको भन्दा कडा र सशक्त हुने चेतावनी दिएको छ ।

महासंघका अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ भने भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम छ ।

भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

उनका अनुसार भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र अवधारणात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याउने तयारी भएको छ । ‘अबको आन्दोलन हिजोको भन्दा कडा र दबाबपूर्ण हुन्छ’, अध्यक्ष सुवेदीले भने । उनले सरकारसँग गरेको २७ बुँदे सहमति नै बटमलाईन भएको र सो अनुसार सरकारले आफ्ना माग पुरा नगरेको दाबी गरेका छन् ।

शिक्षा विधेयक संसदीय समितिबाट पारित भएपछि महासंघले यसप्रति असन्तुष्टि जनाउँदै आफ्नो धारण सार्वजनिक गरेको हो । प्रस्तावित शिक्षा विधेयक शिक्षकविरोधी र सहमतिअनुसार नभएको भन्दै विधेयक तत्काल फिर्ता गर्न माग गरेको छ ।

समितिबाट पारित भएको विधेयकमा महासंघले उठाएको आंशिक मागहरूमात्र पूरा भएको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । उनले सरकार इमान्दार नभएको जिकिर गरिन् । मुख्य विषय हल नभएको बताउँदै उनले आफूहरूले राखेको मुद्दा संशोधन हुनेमा आशावादी रहेको उनले बताइन् । उनले फेरि यो सरकारले आन्दोलन गर्न बाध्य बनाएको उनको आरोप छ ।

तपाईंको प्रतिक्रिया

थप खबर