नेपाली सेनाले खुलायो २८० जना अधिकृतका लागि जागिर (सूचनासहित)

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ६ । नेपाली सेनाले २८० अधिकृत (सहायक सेनानी÷उपसेनानी) पदका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले शुक्रबार सूचना जारी गर्दै सैनिक साधारण सेवा समूहतर्फ रिक्त रहेको अधिकृत पदका लागि दरखास्त आह्वान गरेको हो ।

रिक्त रहेको सैनिक अधिकृत (सहायक सेनानी÷उपसेनानी) पदमा समावेशी आधारमा नयाँ नियुक्ति गरिने सूचनामा उल्लेख छ । योग्यता पुगेका इच्छुक युवाले आजदेखि आगामी असोज ४ गतेसम्म आवेदन दिन सक्ने छन् । दोब्बर दस्तुर बुझाएर असोज ११ गतेसम्म आवेदन दिन सकिने सेनाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर